बजारमा दमको औषधि नक्कली

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौं, ११ । औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो ।

विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

विभागले औषधिको सक्कली र नक्कली विवरण यकिन गरेर मात्र सिफारिस, बिक्री वितरण तथा प्रयोग गर्न ध्यानाकर्षण गराएको छ ।
विभागका अनुसार सक्कली र नक्कली औषधि पहिचान गर्न प्याकेजिङमा रहेका केही सूक्ष्म भिन्नताहरू हेर्नुपर्ने हुन्छ ।

सेरोफ्लो रोटाक्याप दमको उपचारमा प्रयोग हुने औषधि हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक