‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५०० भन्दा बढी विद्यालयमा
हेल्थपत्र
काठमाडौँ, १० असार : सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५०० भन्दा बढी सामुदायिक विद्यालयमा संचालन गरेको छ ।
स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हिरादेवी निरौलाले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालय संचालन गरिएको जानकारी दिइन ।
बालबालिकाको उपचारको व्यवस्था गर्नका लागि नर्स राखिएको बताउनुभयो । तिमध्ये ३२७ सङ्घीय सरकार र बाँकी प्रदेश र स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ ।
‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ मार्फत ‘एक विद्यालय, एक नर्स’ सचालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाई रहेको छ ।
“विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार गर्नका लागि हामीले नर्सको दरवन्दी सिर्जना गरेर राख्न थालेका छौ” उनले भनिन, “ति नर्सले विद्यालय तहका बालबालिकाको आवश्यकता अनुसार समग्र स्वास्थ्य परीक्षण गर्दछन् ।”
उनका अनुसार नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए ÷नआएका जानकारी, रक्तअल्पताको परीक्षण लगायतको गर्दछन् ।
यस्तै रक्तअल्पता कम भएको अवस्थामा आइरन चक्की खान सुझाव समेत दिने गर्दछन् । यसैगरी ति नर्सले विद्यार्थी विद्यालय नआए किन आएन भनेर अभिभावकसंग पनि जानकारी लिने छन् ।
यस्तै नर्सले आवश्यकता अनुसार विद्यार्थीलाई स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने छन् ।
सरकारले २०७६÷७७ मा विद्यालयमा स्वास्थ्यका समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो ।
महाशाखाका निर्देशक निरौलाले देशभरिका सवै विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ लागू गर्ने भनेता पनि आगामी बर्ष बजेट विनियोजन नभएकोले थप विद्यालयमा कार्यक्रम लागू गर्न नसकिने बताइन् ।
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत नर्सले विद्यालयका एक जना छात्रा र छात्रलाई स्वास्थ्य राजदूत बनाएर स्वास्थ्य जनचेतना जगाउने कार्यक्रम पनि संचालन गर्ने गर्दछन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक