रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १० असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरुद्धको खोपको अभाव नभएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताएका छन् ।

उनले सरकारसंग प्रयाप्त मात्रामा खोप नभएपनि आकस्मिक उपचारका लागि खोप सवै अस्पतालका रहेको बताए ।
“हामीसंगै धेरै मात्रामा खोप छैन । तर विरामीलाई आकस्मिक रुपमा लगाउनका लागि खोप छ” उनले भने “चाँडै नै टेण्डर प्रक्रियाबाट पनि खोप आउँदै छ ।”

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आवहन गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरु गरिएको बताए

कुकुर, विरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज् विरुद्धको खोप लगाउनु पर्दछ ।

उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।

केही समय अघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा आउने विरामीलाई रेबिज् विरुद्धको खोप लगाइरहेको बताए ।

“अस्पतालमा रेबिज् विरुद्धको खोप लगाउने आउने सवै विरामीलाई हामीले खोप लगाइरहेका छौ” उनले भने “हाम्रो अस्पतालमा रेबिज् विरुद्धको खोपको अभाव छैन ।”

उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज् विरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समिरकुमार अधिकारीले यहि आर्थिक बर्षममा मात्र ५५ हजार ७५९ जना विरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा ६३ हजार ८१५ जना, आर्थिक बर्ष २०८१÷०८२ मा ४७ हजार ५८६ जनालाई रेबिज् विरुद्धको खोप लगाइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक