देशभरि ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु
हेल्थपत्र
काठमाडौँ, ९ असार : बर्ड फ्लु रोग अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गतेदेखि मोरङ् जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा देखिएको छ ।
उनले झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फुलु देखिएको छ ।
बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो ।
अहिलेसम्म बर्ड फलुबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पंछी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।
उनले कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुुलो बनाइएको बताए ।
यस्तै पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लु रोग सर्न उच्च सतर्कतामा रही, गस्ति परिचालन गरि अबैध रुप्मा पैठारी गरिएका शङ्कास्पद पन्छीहरु नष्ट गरिएको बताए ।
झापा, मोरग, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लु रोगको प्रकोप देखिएको छ ।
सावधानी अपनाउन आग्रह
उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरि रोग देखिएको ठाउन्मा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लु रोग नियन्त्रण अभियान संचालन गर्ने गरेको विभागमा महानिर्देशक डा. दाहालले जानकारी दिए ।
फार्म परिसरमा जैविक सुरक्षाको विधिहरु अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसंक्रमण गरेर मात्र भित्र्याउने जस्ता कार्य गर्नुपर्दछ ।
यस्तै काग लगायतका जङ्गली पन्छीहरु घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरि थुनेर पन्छीपालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक