निजामति अस्पतालमा छ महिनादेखि सिटी स्क्यान सेवा ठप्प

हेल्थपत्र

२०८३ असार ७ आइतबार

काठमाडौँ, ७ असार : नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा ठप्प भएको छ ।

विगत छ महिनादेखि सिटी स्क्यान मेसिन विग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रवि प्रकाश शर्माले जानकारी दिए ।

“विगत छ महिनादेखि विग्रिको मेसिन हामीले भर्खरै मर्मत गर्न थालेको छौ” उनले भने,“ मर्मतका लागि सिंगापुरबाटसामान मगाइएको छ । अव १० दिनमा संचालनमा आउने छ ।”

उनका अनुसार अस्पतालमा उपचारका लागि आउने दैनिक करिव २० जना विरामीको सिटी स्क्यान परीक्षण गराउनुपर्ने हुन्छ ।
मेसिन विग्रिएपछि अस्पतालमा उपचार गराउन आएका विरामीलाई अन्यत्र पठाउनु परेको उनले बताए ।

“सिटी स्क्यान मेसिन विग्रिएर विरामीलाई धेरै नै समस्या भएको छ” उनले भने, “विरामीलाई सिटी स्क्यानका लागि अन्य अस्पतालमा पठाउनु परेको छ ।”

अस्पतालमा दैनिक ६०० भन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् ।

 

 

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक