सर्पदङ्शका २७९ जना विरामी

हेल्थपत्र

२०८३ असार ७ आइतबार

काठमाडौँ, ६ असार : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदङ्शका विरामी बढेका छन् ।

गर्मीयामसंगै गर्मी बढेसंगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदङ्शका विरामी अस्पतालमा बढेका हुन् ।

अस्पतालका सूचना अधिकारी समिरकुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म २७९ जना सर्पले टोकेका छन् ।
सर्पदङ्शबाट जेठ महिनामा २५ जना र वैशाख १० जना विरामी परेका छन् ।

यसैगरी साउनमा ६६ जना, भदौमा ७५ जना, असोज ७० जना, कात्र्तिकमा २० जना, फागुन एक जना, चैत १२ जना सर्पदङ्शबाट विरामी परेका उनले बताए ।

अस्पतालका सूचना अधिकारी अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने र मानिसहरुलाई टोक्ने बताए ।
नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विशालु सर्पले टोक्ने गरेका छन् ।

उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायतका जिल्लाबाट सर्पदङ्शका विरामी आउने गरेको बताए ।

सर्पले टोकिहाले

डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, वाध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम,रासायनिय पदार्थ, तातोचिसो प्रयोग नगर्ने,विरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने, र विरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने गर्नुपर्दछ ।

जोगिने उपाय

सर्पदङ्शबाट बच्नका लागि राती हिड्नु परे टर्च लाइट लिएर हिड्ने,जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने वाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्ने जस्ता उपायबाट अपनाउनुपर्दछ ।

यस्तै काठ, ढुङ्गा, टुटफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरु टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, झुट टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउनुपर्दछ । शरद् शर्मा

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक