दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
हेल्थपत्र
काठमाडौँ, ५ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान संचालन गरेको छ ।
स्वास्थ्य सेवा विभागका वाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ चलिरहेको बताए ।
जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, वागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ संचालन गरिरहेको उनले बताए । उक्त अभियान यहि हप्तासम्म संचालन हुने छ ।
यस्तै सर्लाहीमा यसअघि नै खोप अभियान संचालन गरिसकेको छ भने अछाम र दैलेखमा दुई जना मात्र देखिएकोले सानो मात्रामा खोप अभियान संचालन गर्नु नपरेको उहाको भनाई रहेको छ ।
दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ बर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान संचालन गरिएको शाखा प्रमुख डा. गौतमले बताए ।
वागलुङ छ महिनादेखि २० बर्षसम्म उमेरसमूह र जाजरकोट छ महिनादेखि २४ बर्षसम्म उमेरसमूहलाई खोप दिइएको छ ।
शाखा प्रमुख डा. गौतमले ति दुई जिल्लामा १५ बर्षभन्दा माथिकामा पनि दादुरा देखिएको २४ बर्ष उमेरसमूहलाई पनि खोप दिइएको बताए ।
दादुरा अत्यन्तै सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्दछ । त्यसैले सङक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक