मन्त्री मेहता मेहताद्वारा स्वास्थ्य बीमाबारे छलफल

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, ५ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमाको वर्तमान अवस्था र भावी कार्यदिशाबारे सरोकारवाला निकायसंग आज छलफल गरेकी छन् ।
मन्त्री मेहताले सात वटा प्रदेशका स्वास्थ्य सचिव, छ वटा महानगरका, नगरपालिका संघका राष्ट्रिय गाउँपालिका महासङ्घका प्रतिनिधिसंग स्वास्थ्य बीमा सुधार्न गर्ने सम्बन्धमा छलफल गर्नु भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।
छलफलका क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकता रहेको भन्दै सुधार गरेर लैजानुको विकल्प नभएको बताइन् ।
उनले जनतासंग प्रत्यक्ष जोडिने भएकोले सवैले आआफ्नो ठाउँबाट स्वास्थ्य बीमा सुधार्न लाग्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमाका साना साना कुरा सुधारेर विमितलाई सहज बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री मेहताले अस्पतालमा रहेका उपकरणलाई मर्मत गरेर संचालन गर्न समेत आग्रह गरिन् । गरिवी, आर्थिक रुपमा विपन्न वर्गको पहिचान गर्ने परिचय पत्रको व्यवस्थापन गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई पुर्नसंरचना गरेर लैजाने तयारी गरिएको बताए ।
छलफलमा स्थानीय तहले आफूले काम गरिरहेको स्वास्थ्य अवस्था र स्वास्थ्य बीमाको समग्र अवस्थाको बारे अनुभव आदान प्रदान गरेका थिए ।

सहभागिहरुले स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्ने, सेवा प्रवाह र सेवाग्रहीमा भएको दोहोरोपनलाई कम गर्दै समन्वयलाई थप अगाडि कुरामा छलफल भएका मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताए ।
उनका अनुसार स्वास्थ्य बीमाका लागि जस्तै संचालन भइरहेको अन्य कार्यक्रम हटाएर स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले अहिले स्वास्थ्य बीमा देखिएका चुनौतिका बारेमा जानकारी गराएकी थिइन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक