स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य निकायका विभिन्न पदमा आवेदन माग (सूचि सहित)

हेल्थपत्र

२०८३ असार ३ बुधबार

काठमाडौँ, २ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो मातहतका विभिन्न स्वास्थ्य निकायको पदाधिकारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
यसअघि आवेदन माग गरिएकोमा रद्द गर्दै पुन आज आवेदन माग गरेको हो । मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिष्ट्रार , नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सात सदस्य र सदस्य सचिव, नेपाल नर्सिंङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रारका लागि आवेदन माग गरिएको छ ।
यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिष्ट्रार, नेपाल फार्मेसी परिषदमा अध्यक्ष र रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिष्ट्रार, शहिद गंगाला राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक माग गरिएको छ । मन्त्रालयले १० दिनभित्र ति निकायका पदाधिकारी आवेदन दिन भनेको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक