श्रम शोषण गरेको भन्दै आज चिकित्सकको माइतीघरमा आन्दोलन

हेल्थपत्र

२०८३ असार १ सोमबार

काठमाण्डौं, ३० जेठ । आज आवासिय चिकित्सकहरूले माइतीघरमा आन्दोलन गर्दै छन् । दिउँसो उनीहरुले नेपालका शिक्षण अस्पतालहरूमा इन्टर्न र आवासीय चिकित्सकमाथि चरम श्रम शोषण भइरहेको आरोप लगाउँदै आन्दोलन गर्न थालेका हुन् । चिकित्सकहरूलाई एकैपटक ३६ देखि ६० घण्टासम्म ड्युटी गराइने, सातामा एक दिन पनि बिदा नदिइने तथा श्रम ऐनले तोकेको सीमा भन्दा धेरै समय काम गर्न बाध्य पारिएको उल्लेख गरिएको छ।

समितिका अनुसार यस्तो अभ्यासले श्रम ऐन २०७४ मात्र नभई मानव अधिकारको समेत गम्भीर उल्लङ्घन गरेको छ। अपिलमा महिला प्रशिक्षार्थी चिकित्सकहरूलाई अध्ययन अवधिभर गर्भवती नहुन दबाब दिने र कानुनअनुसारको सुत्केरी बिदासमेत उपलब्ध नगराइने गरिएको आरोप लगाइएको छ।

समितिले अत्यधिक कार्यभारका कारण प्रशिक्षार्थी चिकित्सकहरू मानसिक तनाव, मुटुसम्बन्धी समस्या तथा आत्महत्यासम्मका जोखिममा परेको दाबी गरेको छ। निरन्तर जाग्राम बसेर काम गर्नुपर्ने अवस्थाले बिरामीको उपचारको गुणस्तर र सुरक्षामा समेत असर परेको उनीहरूको भनाइ छ।

संघर्ष समितिले यस विषयमा प्रमाणसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा रोजगार मन्त्रालय तथा नेपाल मेडिकल काउन्सिलको पटक–पटक ध्यानाकर्षण गराएको भए पनि समस्या समाधान नभएको जनाएको छ।

यही अवस्थाविरुद्ध आवाज उठाउन समितिले २०८३ जेठ ३० गते शनिबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डला मा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको जनाएको छ। सोही दिन माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि दिइएको छ।

समितिले प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत, मेडिकल विद्यार्थी, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, अभिभावक तथा आम नेपालीलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।

यस्ता छन् मागहरु

१. चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने। साथै सातामा एक दिन अनिवार्य विदाको व्यवस्था हुन पर्ने।

२. सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुन बमोजिम उपलव्ध हुने तलब सहितको सुत्केरी विदा उपलव्ध गराईनु पर्ने। उक्त विदाको अवधिको अध्ययन र प्रशिक्षण सुत्केरी अवस्था पछि बिना कुनै रोकतोक गर्न पाईनुपर्ने। साथै सम्पूर्ण महिला स्वास्थ्यकर्मी ९करार तथा स्थाई० लाई समेत स्थाई कर्मचारीलाई उपलव्ध गराए सरहको प्रशुति विदा उपलव्ध गराईनु पर्ने।

३. नेपाल सरकारले २०८३र०८४ को बजेट भाषण मार्फत बढाएको तलब अनुरुप पहिले नेपाल सरकार संग भएको सहमति बमोजिम आवाशीय चिकित्सकलाई श्रावन महिना देखि बढेको तलब सहित अधिकृत आठौ तहको तलब उपलव्ध गराइनु पर्ने। साथै सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलव्ध गराईनु पर्ने।

४. ईन्टर्न चिकित्सक ४।५ वर्ष एमबिबिएसरबिडिएस अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक हुन्। स्नातक तहको अध्ययन पूरा गरिसकेका ईन्टर्न चिकित्सकलाई कम्तिमा नेपाल सरकारको अधिकृत स्तर छैठौ सरह तलब उपलव्ध गराउनु पर्ने। साथै सातामा ४८ घण्टा भन्दा बढी कार्यसमय रहेमा श्रम ऐन बमोजम भत्ता उपलव्ध गराईनु पर्ने।

५. प्रशिक्षार्थी चिकित्सकहरुको श्रम तथा अन्य शोषण भए(नभएको गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अधिकार सम्पन्न समिति गठन गर्नु पर्ने। प्रत्येक मेडिकल कलेजमा मानसिक विभागको रहोबरमा प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य प्रवर्धनको निम्ति समिति गठन गर्नु पर्ने।

६. विशेष कारणबस पढाई बिचमा नै छोड्नु परेमा आवशीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउन पर्ने। उक्त सिट खेर जान नदिन, अर्को बर्ष हुने प्रथम बर्षको सिट संख्यामा थपेर समायोजन गर्नु पर्ने।

७. एमबिबिएसरबिडिएस पछि एमडिरएमएसरएमडिएस अध्ययन गर्न राखिएको १ बर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनु पर्ने। यो प्रावधानले गर्दा नवचिकित्सकहरु जस्तो सुकै अवस्थामा काम गर्न वाध्य हुने भएकाले चिकित्सा शिक्षा ऐनको यथाशीघ्र संसोधन गरि खारेज गरिनु पर्ने।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक