स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना सम्बन्धी मार्गचित्र’
हेल्थपत्र
काठमाडौँ, २९ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वास्थ्य बीमा पुनर्संरचना सम्बन्धी मार्गचित्र’ बुझाएको छ ।
मन्त्री मेहतालाई आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख डा. तोसिमा कार्कीले ‘स्वास्थ्य बिमा पुनर्संरचना सम्बन्धी मार्गचित्र’ बुझाउनु भएकी हुन् ।
सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचा पत्रमा उल्लेख गरे अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताइन् ।
विभागका प्रमुख डा. काकीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको वाचा पत्रमा उल्लेख भए अनुसार स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताइन् ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटमा पनि स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचनाको गर्ने उल्लेख गरिन् । विभागका प्रमुख डा. कार्कीले बजेटमा समेटिएको स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचनामा गर्ने प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि मन्त्री मेहतालाई बाचा पत्र बुझाएको बताइन् ।
उनले केही महत्वपूर्ण विषय स्वास्थ्य बीमा ऐनमै संसोधन गरेर अघि बढ्नुपर्ने बताइन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन रास्वपा पार्टी कटीवद्ध रहेको बताइन्।
पार्टीले स्वास्थ्य बीमाको यथास्थिति, समस्या, रुपान्तरण, पुनसंरचना, स्रोत व्यवस्थापन सम्बन्धमा छलफल, अध्ययन र विभिन्न सरोकारवालासंगको छलफल पश्चात स्वास्थ्य बीमा पुनर्संरचनाका लागि मार्ग चित्र बनाएको उनले बताइन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक