स्वास्थ्य मन्त्री मेहताद्वारा सिंहदरवार बैद्यखानाको अनुगमन
हेल्थपत्र
काठमाडौँ, २९ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छन् ।
उनी आज अनामनगरस्थित बैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् ।
सो अवसरमा मन्त्री मेहताले वैद्यखानाको सुधारको लागि मन्त्रालय सधै तत्पर रहेकोले भन्दै बैद्यखानाले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादन गर्नुपर्ने बताइन् ।
उनले वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवद्र्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न समेत निर्देशन दिइन् ।
उनले वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिइन् ।
मन्त्रालयका सचिव डा. विकास देवकाटाले बैद्यखानाबाट उत्पादन हुने आयुर्वेद औषधालय गुणस्तर रहेको भन्दै अझ क्षमता बढाउनुपर्ने बताए ।
वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केपीले वैद्यखानाबाट उत्पादन हुने औषधि र खाद्यपुरक पदार्थको बारेमा मन्त्री मेहतालाई जानकारी गराए ।
उनले विगत पाँच बर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्याइएको बताए ।
उनले अहिले वैद्यखानाबाट १०३ प्रकारका औषधि उत्पादन गरिरहेको भन्दै सरकारले सहयोग गरेमा उत्पादन बढाइने बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक