`म्याग्नस फर्मा´लाई अन्तर्राष्ट्रिय गुणस्तर अवार्ड
हेल्थपत्र
काठमाडौँ, २९ जेठ । नेपाली औषधि उद्योग `म्याग्नस फर्मा प्रालि´ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित `क्वालिटी अचिभमेन्ट अवार्ड २०२६´प्राप्त गरेको छ।
`युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च´ले प्रदान गरेको सो अवार्ड बेल्जियमको ब्रसेल्समा आयोजित विशेष समारोहमा म्याग्नस फर्मा प्रालिका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केलाई प्रदान गरिएको हो।
अवार्ड ग्रहण गर्दै म्याग्नस फर्माका प्रवन्ध निर्देशक मास्केले सो अवार्ड प्राप्त हुनु म्याग्नस फर्माका लागि मात्र नभएर समग्र नेपाली औषधि उद्योगका लागि गौरवको विषय भएको बताए।
कम्पनीका अनुसार यो अवार्ड गुणस्तर, नवप्रवर्तन तथा औषधि उत्पादनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा प्राप्त भएको हो।
सन् २००७ मा स्थापना भएको म्याग्नस फर्मा सुरुवात देखिनै नवीन सोच र गुणस्तरीय उत्पादनमा केन्द्रित रहँदै आएको छ।
वीरगञ्जस्थित रामपुर टोकनीमा रहेको उत्पादन कारखानामार्फत सो कम्पनीले नेपाली बजारमा विभिन्न समूहका औषधि उत्पादन गर्दै आइरहेको छ। विश्व स्वास्थ्य संगठनबाट WHO-GMP तथा ISO प्रमाणित कम्पनी म्याग्नस फर्माले गुणस्तरीय औषधि उत्पादन, नवप्रवर्तन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उत्पादन प्रक्रियालाई निरन्तर प्राथमिकतामा राख्दै आइरहेको छ।
यसैगरी नेपालमै पहिलोपटक केही महत्त्वपूर्ण औषधिहरु उत्पादन गर्ने तथा बजारमा ल्याउने प्रयासले पनि सो कम्पनीलाई स्वदेशी औषधि उद्योगमा फरक पहिचान मिलेको छ।
म्याग्नस फर्मा प्रालिले सुरुवाती चरणमा ट्याब्लेट र क्याप्सुल उत्पादनबाट यात्रा सुरु गरे पनि हाल छालासम्बन्धी क्रीम, आँखाको औषधि, नाकमा हाल्ने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल औषधि उत्पादन गर्दै आएको छ।
कम्पनीले नेपाली बजारमा मात्र आफ्नो उपस्थितिलाई सीमित नराखि भेनेजुएला र मोरिससलगायतका देशमासमेत औषधि निर्यात गर्दै नेपाली औषधि उद्योगको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमासमेत पुर्याएर महत्त्वपूर्ण उपलब्धि स्थापित गरेको छ।
नेपाल जस्तो देशमा औषधिको आत्मनिर्भरता अझै चुनौतीका रुपमा रहेको अवस्थामा म्याग्नस फर्माको प्रयासले स्वदेशी उत्पादनको भरोसालाईसमेत बढाउदै लगेको छ।
फर्माका प्रवन्ध निर्देशक मास्केले गुणस्तर, अनुसन्धान, उत्पादन विविधीकरण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा केन्द्रित कम्पनीको निरन्तर प्रयासले नेपाललाई औषधि उत्पादनमा थप आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक