शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने ११ मेडिकल कलेज कारवाहीमा

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौँ, २७ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ मेडिकल कलेजलाई कारवाही गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शैय्या सङ्ख्या अनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थालाई कारवाही गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसरी कारवाहीमा पर्नेमा चितवन मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, गण्डकी मेडिकल कलेज, नोवेल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, मणिपाल कलेज, काठमाडौँ मेडिकल कलेज, देवदह मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज रहेका छन् ।

उनका अनुसार ति संस्थाबाट एक करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय समेत गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको उनले बताए ।

महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक