रेडक्रस सोसाइटीमा विशाल भण्डारीकाे अध्यक्षतामा नयाँ तदर्थ समिति गठन
हेल्थपत्र
काठमाडौँ । सरकारले नेपाल नेपाल रेडक्रस सोसाइटीमा नयाँ तदर्थ समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले दाेलखाका विशाल भण्डारी नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने गरेकाे छ
यस्तै निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र
पूर्व गृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता पाेखरेलले जानकारी दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक