विश्व ‘ब्रेन ट्युमर’ दिवस : एक बर्षमा १५.४ प्रतिशतले विरामी बढे
हेल्थपत्र
काठमाडौँ, २५ जेठ : नेपालमा ‘ब्रेन ट्युमर’को विरामीको हुनेको संख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज राष्ट्रिय ब्रेन टयुमर सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो बषएको तुलनामा ब्रेन टयुमरका विरामीको सङ्ख्या बढेको हो ।
१५.४ प्रतिशतले अघिल्लो बर्षको तुलनामा विरामी बढेको पाइएको छ । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट अध्ययन गरिएको आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले जानकारी दिए ।
उनले अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन ट्युमर विरामीको शल्यक्रिया गरिएको छ । २०८१ मा सयो सङ्ख्या दुई हजार ६०० रहेको थियो ।
शल्यक्रिया गरिएका ब्रेन टयुटरमा विरामीमध्ये पुरुष बढी रहेका तथ्याङकमा उल्लेख गरिएको छ । पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उहाँले सवभन्दा बढी विरामी ३० देखि ५० बर्ष उमेर समूहका रहेका छन् ।
तथ्याङक अनुसार सवभन्दा बढी वागमती प्रदेशमा ३६.४ प्रतिशत विरामीको शल्यक्रिया गरिएको छ ।
वरिष्ठ न्यूरोसर्जन डा. झाले नेपालमा ब्रेन टयुमरका विरामीको सङ्ख्या बर्षेनी बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै निदा र उपचार भएका धेरै विरामीको जीवन बचाउन सकिने बताए ।
उनले स्टेज १ र २ का ब्रेन टयुटरका शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेश ३ र ४ का विरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताए ।
नेपालमा ग्लियोमा (एकप्रकारको टयुमर) का विरामी सवभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ ।
यस्तै मेनिन्जियोमा (एकप्रकारको टयुमर)को विरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् ।
निरन्तर टाउको दुख्नु, विहानै उठन वित्तिकै वान्ता हुनु, कान नसुन्नु, क्षारे रोग हुनु, शरिरमा प्यारालाइसिस देखिनु जस्ता लक्षण ब्रेन टयुमरका हुन् ।
वीर अस्पतालले विगत दुई बर्षदेखि ब्रेन ट्युमर शल्यक्रिवया निःशुल्क गर्दै आइरहेको अस्पतालमा रहेको राष्टिय ब्रेन टयुमर केन्द्रका डा झाले बताए । उनका अनुसार यस अंग्रेजी जुन महिनाभित्र निःशुल्क शल्यक्रिया हुने छ ।
‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनिकरण’ भन्ने नाराका साथ दिवस मनाइदै छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक