समग्र स्वास्थ्य क्षेत्रको सुधारमा जोड रहने : मन्त्री मेहता
हेल्थपत्र
काठमाडौँ, २४ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारमा जोड रहेको बताएकी थिइन् ।
आज यहाँ आयोजित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्यसम्वद्ध पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रम उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका विद्यमान समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउने केन्द्रीत रहेको बताइन् ।
सरकारले सय दिनको शासकिय सुधारका कार्य अन्तर्गत स्वास्थ्यका कार्यलाई प्राथमिकता राखेर काम गरेको उल्लेख गर्दै ति काम अन्तिम चरणमा रहेको उनको भनाई रहेको छ ।
मन्त्री मेहताले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताइन् ।
पत्रकार सम्मेलनमा उनले स्वास्थ्य पत्रकारसंग नियमित छलफल गर्ने बताइन् । मन्त्रालयको गर्नुपर्ने काम र कमकमजोरी बारे बुझेको भन्दै त्यसलाई आत्मसाथ गर्दै अगाडि बढ्ने उनको भनाई रहेको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले आधारभूत स्वास्थ्य पुर्याउन सरकार प्रतिवद्ध रहेको बताए ।
उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सवैको कार्यक्रम बनाउन केही काम समेत भइरहेको बताए ।
सो अवसरमा मन्त्री मेहतालाई मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि हालसम्म मन्त्रालयबाट सम्पादित कामहरूका सम्बन्धमा पत्रकारहरूबाट विभिन्न जिज्ञासा राखेका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक