छ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि ११३ जनाको आवेदन

हेल्थपत्र

२०८३ जेठ १९ मङ्गलबार

काठमाडौँ, १९ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ११३ जनाको आवेदन परेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिमा ११३ जनाको आवेदन परेको बताए ।

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ११ जना, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौमा २४ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २६ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दागमा १७ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा १६ जनाको आवेदन परेको छ ।

गत जेठ ४ गते ति प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदका लागि दरखास्त आवहान गरिएको थियो । अनलाइनमार्फत आवेदकले आवेदन दिनु भएको थियो ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक