स्वास्थ्यमन्त्री मेहतासंग चीनका राजदूतको भेटवार्ता
हेल्थपत्र
काठमाडौँ, १९ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टचार भेटवार्ता गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा आज उहाँहरुबीच दुई देशबीचको निकै लामो समय देखिको घनिष्ट सम्बन्धका बिषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले चीन सरकारले नेपाललाई सबै सुखदुःखमा गरेको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगहरुको प्रशंसा गरिन् । उनले चीनको प्रशंसनिय विकासबाट नेपालले पनि सिकेर काम गर्ने बताइन् ।
राजदूतले राजदूत चाङ माउ मिङ्गले नेपालको आर्थिक एवं सामाजिक विकासमा अहिलेको सरकारको ठूलो फडको मार्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको चाहना व्यक्त गरे ।
राजदूत चाङ माउ मिङ्गले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वास्च्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे ।
भेटघाटमा सरकारका उच्च अधिकारीको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक