भेप र हुक्का जस्ता हानिकारक पदार्थको प्रलोभनमा नपर्न मन्त्री मेहताको आग्रह

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

काठमाडौँ, १७ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न अनुरोध गरेकी छन् ।

‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ सन्र्दशमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको छ भने आजैबाट यसलाई त्याग्न सङ्कल्प गर्न आग्रह गरिन् ।

“सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास शुरुमा कठिन हुन सक्दछ । तर दृढ इच्छाशक्ति परिवार साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्ण रुपमा सम्भव छ,” उनले भनेकी छन् ।

मन्त्री मेहताले आधुनिक र फेसनका नाममा देखिने भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको प्रलोभनमा नपर्न आग्रह गरिन् ।

सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुने चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउने समेत बताइन् ।

मन्त्री मेहताले सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भिर जनस्वास्थ्यको चुनौति बनिरहेको भन्दै पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिव २९ प्रतिशत मानिसहरु सुर्तीजन्य पदार्थको सेवन गरिरहेको बताइन् ।

नेपालमा हरेक बर्ष ३९ हजार भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्दछ । यो अत्यन्त दुःख र सवैका लागि चिन्ताको बिषय रहेको औल्याइन् ।

“आजको मुख्य चुनौति भनेको किशोर किशोरी र युवा वर्गहरुलाई लक्षित गरी सुर्ती उद्योगहरुले अपनाएका नयाँ रणनीतिहरु हुन, ” उनले सन्देशमा भनेकी छन, “विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनहरुलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारिकरण गर्ने कार्य भइरहेको छ । जसले समस्यालाई झनै गम्भिर बनाएको छ ।”

मन्त्री मेहताले ई सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थहरुमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्वहरु हुने बताइन् ।

सुर्तीजन्य पदार्थले मानिसलाई विस्तारै तलमा फसाउने र विस्तारै कलेजो, फोक्सो तथा मुटु सम्बन्धि रोगहरु निम्त्याउने उनको भनाई रहेको छ ।
उनले ई सिगरेट र भेप पनि उत्तिकै घातक र हानिकारक रहेको उल्लेख गर्दै ई सिगरेट र भेप प्रयोगकर्तालाई मात्र नभई वरपर बस्ने अरुको स्वास्थ्यलाई समेत उतिकै नोक्सान पुर्याउने बताइन् ।

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान र उदियमान चुनौतिको समाना गर्न सरकारले नियन्त्रण र नियमन सम्बन्धि कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिइन् ।

नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक