चुरोटमा १० प्रतिशत कर बृद्धि

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

काठमाडौँ, १० जेठ : सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाएको छ ।

आज आगामी बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा १० प्रतिशत अन्तःशुल्क लागेको जानकारी दिए ।

यो बढेसंग अव नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ । यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो ।

हाल विश्व स्वास्थ्य सङ्गठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गर्न भनेको छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रण तथा रोकथामका लागि कर बढाइएको हो ।

केही दिन अघि भएको एक कार्यक्रममा सांसदहरुले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक