नीजि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन
हेल्थपत्र
काठमाडौँ, १३ जेठ : स्वास्थ्य बीमा बोर्डले नीजि (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सवै नीजि अस्पतालमा यहि जेठ १६ गतेदेखि लागू हुने गरि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् ।
उनले बोर्डको बढदो वित्तिय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि विमा कार्यक्रममा आवद्ध नीजि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा वाहेक सवै स्वास्थ्य सेवा स्थगित गरिएको बताए ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा ३६ वटा नीजि अस्पताल आवद्ध भई विमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए ।
उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्था मध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आवद्ध छन् ।
उनले बोर्डको संकटको टार्नका लागि व्ययभार तत्कालका लागि नीजि स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताए ।
सरकारले २०७२ साल कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम संचालन सवै जिल्लामा लागू गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपियाँ बराबरको योगदानको आधारमा रु. एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रति सदस्य ७०० रुपियाँका दरले योगदान रकम थपिदै जाने र प्रति सदस्य बिस हजार रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ विमित रहेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक