औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्धार प्रणाली’मा आवद्ध

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, २९ असोज : औषधि व्यवस्था विभाग भन्सार विभागले संचालन गरेको ‘राष्ट्रिय एकद्धार प्रणाली’मा आवद्ध भएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आवद्ध भएको शुभारम्भ गरे ।

औषधि व्यवस्था विभागबाट हुने भन्सार विभागसंग सम्बन्धित सवै कागजातहरु अव एकद्धार प्रणालीमा आवद्ध भइ अनलाइनमार्फत हुने छ ।
कार्यक्रमा विभागका महानिर्देशक भटराईले भन्सार जाँचपाससंग सम्बन्धि औषधि व्यवस्था विभागका कामलाई अनलाइनमार्फत सेवा प्रदान गर्नका लागि एकद्धार प्रणालीमा आवद्ध गरिएको बताए ।
उनले जनशक्ति कम भएको अवस्थामा एकद्धार प्रणाली आफ्नो लागि धेरै राम्रो भएको भन्दै आयुर्वेद, फर्मासवैलाई यस प्रणालीमा समेटिएको बताए ।
“यसअघि हामीले औषधिसंग सम्बन्धि सवै काम कागजी (म्यानुल्ली) रुपमा गर्दै आइरहेका थियो । अव हामी राष्ट्रिय एकद्धार प्रणालीमा जोडिर सवै काम अनलाइनमार्फत गर्ने भयौ” उनले भने “यसले अव सेवाग्राहीको ककाम छिटो र छरितो अनलाइनमार्फत हुने भयो ।”
उनका अनुसार औषधि व्यवस्था विभागले अनुमति पत्र, छुट पत्र, निकासी पत्र, पैठारी पत्र, प्रमाण पत्र जस्ता कार्य अव भन्सार विभागको एकद्धार प्रणालीमा मार्फत अनलाइनमा राखिदिने छ । र सोही अनुसार भन्सार विभागले ति कागजातको अध्ययन गरेर औषधिसंग सम्बन्धित कार्यलाई अनलाइनमार्फत छिटो छरितो गर्ने छ ।
भन्सार विभागका महानिर्देशक भुसालले बिगत लामो समयदेखिको प्रयास गरेता पनि भर्खरै मात्र आफूहरुल्े सफलता पाएको बताए ।

“भन्सार प्रणालीमा एकद्धार प्रणाली ठुलो फड्को मार्ने प्रणाली हो । बस्तु आयात निर्यात गर्दा अव अनलाइनमार्फत कागजात हेर्ने गरिन्छ, ” उनले भने, “यसले गर्दा काम छिटो हुने भयो । ”
उहाँले एकद्धार प्रणालीमा ४८ निकाय आवद्ध हुने भनेता पनि अहिलेसम्म १५ वटा सरकारी निकाय मात्र आवद्ध भएको जानकारी दिए ।
कार्यक्रममा भन्सार विभागका निर्देशक रहिम अन्सारी का सवै कार्यालयका भन्सारसंग सम्बन्धित सवै कागजात यहि एकद्धार प्रणालीमार्फत जारी हुने बताए ।

उनले भन्सार विभागले प्रणालीमा आएका कागजागलाई हेरेर रुजु र प्रमाणीकरण गर्ने बताए ।
“हामीले प्रणालीमा आएका कागजात हेरेर रिन्भू तथा प्रमाणिकरण गर्नुपर्ने हुन्छ, ” उनले भने, “कागजात हेरेर प्रमाणिकरण भइसकेपछि भन्सार प्रणाली जान्छ र सोही कागजातको आधारमा नै भन्सारमा निकासी र पैठारीको काम हुने गर्दछ ।”

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक