पशुपंक्षी औषधि व्यवसायी संघको अध्यक्षमा रिमालको उम्मेदवारी

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, २९ असोज । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको अध्यक्षमाः पुनः रितेश रिमालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आसन्न पशुपंक्षी औषधि व्यवसाय संघको काठमाडौँमा हुने महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी संघको वर्तमान अध्यक्ष समेत हुन् ।

उनले आफू यस विगत तीन वर्षमा गरेका र यसबाट अगाडि बढेका कार्ययोजनालाई सम्पन्न गर्न पुन उम्मेदवारी दिने बताए ।

पाथीभारा भेटडिस्ट्रीब्युटर्सका संचालक रहेका रिमाल नेपाल उद्योग बाणिज्य महासंघको स्वास्थ्य विज्ञान समितिका उपसभापति समेत हुन् ।

पशुपंक्षी औषधि व्यवसाय संघको आगामी मङ्सिरको २५ र २६ गते काठमाडौँ महाधिवेशन तथा साधारणसभा हुँदै छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक