औषधि प्राधिकरण स्थापना सम्बन्धी बैठक

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं , २७ असाेज ।। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाकाे अध्यक्षतामा खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल बैठक सम्पन्न भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको विशेष उपस्थितिमा सम्पन्न बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप,कार्यक्षेत्र,संरचना,नियमनकारी जिम्मेवारी,वित्तीय मोडेल तथा सङ्घ,प्रदेश र स्थानीय तहबीचको समन्वयलगायत विषयमा छलफल गरिएको छ।

बैठकमा मन्त्रालयका महाशाखा प्रमुखहरू,औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक,सम्बन्धित शाखाका अधिकारी तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलमा खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई थप प्रभावकारी,व्यवस्थित र वैज्ञानिक बनाउन प्रस्तावित प्राधिकरणको भूमिका,नियामक निकायहरूबीचको समन्वय तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा विचारविमर्श गरिएको थियो।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक