चिकित्सक संघका पूर्वअध्यक्ष डा. भट्टाचार्यको निधन

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं १५ असोज । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ । ९१ वर्षको उमेरमा उनको बिहीबार बिहान निधन भएको हो ।

विसं १९९२ सालमा धनुषाको एकराहीमा जन्मिएका डा. भट्टाचार्यले प्रारम्भिक शिक्षा घरमै लिएका थिए । थप अध्ययनका लागि भारतको दरभंगा पुगेका उनले नर्थब्रुक स्कुलबाट म्याट्रिकुलेसन तथा रामकृष्ण मिसन विद्यापीठबाट इन्टरमिडिएट अध्ययन गरेका थिए ।

उनले भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट विसं २०१४ सालमा एमबीबीएस गरेका थिए । चिकित्सा शिक्षा पूरा गरेपछि नेपाल फर्किएका उनले वीर अस्पतालबाट चिकित्सकीय सेवा सुरु गरेका थिए ।

पछि शल्य चिकित्सामा विशेषज्ञता हासिल गरेका डा. भट्टाचार्य नेपालका अग्रज शल्य चिकित्सकमध्ये एकका रूपमा परिचित थिए । उनले चिकित्सा क्षेत्रमा लामो समय योगदान दिएका थिए ।

नेपाल चिकित्सक संघको नेतृत्वसमेत गरेका उनको निधनले नेपाली चिकित्सा क्षेत्रमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक