सांसद तामाङ निःशुल्क स्वास्थ्य सेवा नभए आमरण अनशन बस्ने

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १५ असोज । रास्वपा सांसद सूर्यबहादुर तामाङले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्न माग गरेका हुन् ।

सांसद तामाङले स्वास्थ्य सेवा निःशुल्क नभए आफू आमरण अनशनमा बस्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले पैसा नहुनेले पनि उपचार पाउने बताएको स्मरण गराउँदै तामाङले कानुन ल्याएर भए पनि स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने माग गरे ।

‘प्रधानमन्त्रीले भन्नुहुन्थ्यो– गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ । यो नारा अहिले भुलेको हो कि भुलाइएको हो, म गम्भीर रुपमा ध्यानाकर्षण गराउन चहान्छु,’ तामाङले बैठकमा भने, ‘कम्तिमा पनि नेपाली जनताले दुई तिहाइ नजिक बहुमतको सरकार हामीलाई दिएको छ ।ू
धेरै गर्न नसके पनि कम्तिमा स्वास्थ्य निःशुल्क गर्न सक्यौँ भने हाम्रो जय जय नै हुनेछ । नयाँ कानुन वा विधेयक दर्ता गरेर कम्तिमा तीन महिनाभित्र स्वास्थ्य निःशुल्क हुनुपर्‍यो भनेर म जोडदार माग गर्दछु । यदी हुन सकेन भने तीन महिनाभित्र आमरण अनशन बस्ने पनि घोषणा गर्न चहान्छु ।’

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक