स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. पौडेल

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं, ६ असाेज । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी प्रदान गरेकी हुन् ।

यसअघि डा पौडेल सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत रहेका थिए ।

डा. पौडेलले लामो समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा जिम्मेवारी सम्हालेका थिए। स्वास्थ्य प्रशासन तथा नीति निर्माणका क्षेत्रमा समेत काम गरेको अनुभव भएका पौडेललाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो।

यसअघि डा पौडेलले स्वास्थ्य बीमा बाेर्डकाे कार्यकारी निर्देशककाे भूमिका समेत निभाईसकेका छन् । मन्त्रालयमा उनी क्षमतावान कर्मचारीका रूपमा रहेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक