अनलाइनमार्फत अब स्वास्थ्य बीमामा आवद्धता

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १ भदौ : स्वास्थ्य बीमा बोर्डले अव अनलाइनबाट वीमामा आबद्ध प्रक्रिया शुरुवात गरेको छ ।

बीमा कार्यक्रममा नयाँ आवद्धता,बीमालेख नविकरण र केवाईसी अपडेट लगायतका सवै काम अनलाइनामार्फत आजदेखि शुरुवात गरिएको बोर्डका प्रवक्ता डा. पवनकुमार शाहले जानकारी दिनुभयो ।
यसअघि वीमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बीमा आवद्ध हुने गरेका थिए ।
“आजदेखि हामीले बीमा आवद्ध हुनका लागि अनलाइनामार्फत आफैले नै फाराम भर्ने व्यवस्था गरेका छौ” उहाँले भन्नुभयो, “अवदेखि दर्ता सहयोगि विना नै बीमा आवद्धता र नविकरण लगायतका सवै काम हुन्छ ।”
विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आवद्धता तथा विमालेख नविकरण सम्म्बन्धि कार्यविधि २०८३ बमोजिम अनलाइनमार्फत बीमा आवद्धता र नविकरण गर्न थालिएको हो । बीमा आवद्धता तथा नविकरणका लागि इसेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रणालीमार्फत व्यक्ति स्वय तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आवद्ध तथा विमालेख नविकरण गर्न सक्ने छन्
अहिले बिमामा अहिले ५९ लाख ७० हजार ४०३ जना आवद्ध रहेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपियाँ बराबरको योगदानको आधारमा रु. एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रति सदस्य ७०० रुपियाँका दरले योगदान रकम थपिदै जाने र प्रति सदस्य बिस हजार रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।
यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिन्छ । शरद् शर्मा

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक