डब्लुएचओकाे दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक शुरू

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौ  २२ भदाै । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ ।

बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता निशा मेहताकाे नेतृत्वमा सहभागिता जनाउने योजना रहेकोमा हाल देशमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय र जीवनरक्षा कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्रि मेहता उक्त बैठकमा सहभागी भईनन ।

मन्त्री मेहताले अनुपस्थितिमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भइरहेको छ ।
मन्त्रि मेहताले बैठकमा भिडियो सन्देश मार्फत नेपालले भोगिरहेको बाढीजन्य संकट र प्रभावित जनसमुदायबारे औँल्याउदै जलवायु परिवर्तनलाई क्षेत्रीय समितिको छलफलको केन्द्रमा राख्नुपर्नेमा जोड दिएकि छन् ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढी, पहिरो, हिमतालसम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नुपरेको उल्लेख गर्दै यसलाई जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गर्दै स्वास्थ्यका लागि समर्पित जलवायु वित्त, बलियो बहुक्षेत्रीय सहकार्य तथा जलवायु उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका लागि क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धता सुदृढ गर्न समेत आह्वान गरिन्

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक