ज्ञान ज्याेति फाउण्डेशनद्वारा १५ लाख बाढी प्रभावितलाई सहयाेग
हेल्थपत्र
काठमाडौ , १६ भदाै । दाङस्थित ज्ञान ज्योति फाउण्डेशनले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयाेग गरेकाे छ ।
विपत्तिको यो कठिन घडीमा थोरै भए पनि साथ र आशाको हात बढाउने उद्देश्यले ज्ञान ज्योति फाउण्डेसन, दाङ अन्तर्गतका विद्यालय तथा कलेजहरू, शिक्षक/शिक्षिका एवं कर्मचारीहरूको तर्फबाट रु. १५ लाख १५ हवार ५५५ रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
उक्त रकम केवल आर्थिक सहयोग होइन,
पीडामा रहेका परिवारहरूप्रति हाम्रो संवेदना, सहानुभूति र मानवताको सानो प्रयास भएकाे फाउण्डेशनले जनाएकाे छ ।
“विपत्तिले घर–आँगन उजाड्न सक्छ, तर मानवीय सहयोग र एकताले आशा जगाउन सक्छ। आज हामीले दिएको यो सानो साथले कसैको आँसु पुछ्न, कसैको घाउमा मल्हम लगाउन र भोलिको आशा जगाउन सकोस् भन्ने हाम्रो विश्वास छ,” फाउण्डेशनले भनेकाे छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक