मृतकको पहिचान गर्न भारतीय फरेन्सिक टोली नेपालमा

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १५ भदौ । रसुवा र नुवाकोटमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण गर्न भारतबाट फरेन्सिक टोली नेपाल आइपुगेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय फरेन्सिक टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर नेपाली विज्ञहरूसँग भेटघाट तथा छलफल गरेको छ।

विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको पहिचान गर्न डीएनए नमुना विश्लेषण गर्ने काममा भारतीय विज्ञ टोलीले सहयोग गर्नेछ।

राजदूत श्रीवास्तवले नेपालको राहत र उद्धार प्रयासमा भारतको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक