डब्लुएचओद्वारा एक लाख ५० हजार बराबरको सहयोग प्रदान

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं, १५ भदौ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामाग्री प्रदान गरेको छ ।

डब्लुएचओले दक्षिणपूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष मार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालिन सहायता उपलब्ध गराएको छ ।

“डब्लुएचओ नेपालमा आपतकालिन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ,” विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भने ।

डब्लुएचओले भदौ १० गते बाढी आएको केही घण्टामा प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपतकालिन स्वास्थ्य सामग्री पठाएको उनको भनाई रहेको छ ।

यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपतकालीन स्वास्थ्य सामाग्री तथा टेन्ट उपलब्ध गराइएको थियो ।

यस्तै डब्लुएचओले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजर लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि प्रभावित क्षेत्रमा पठाएको छ ।

डब्लुएचओले बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग, र वाहकजन्य रोगको जोखिम बढ्ने लगायतका स्वास्थ्य जोखिम बढ्ने जनाएको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक