बाढी प्रभावित जिल्लामा उद्वार गर्नका लागि २० वटा हेलिकप्टर तयारी अवस्थामा
हेल्थपत्र
काठमाडौं , ११ भदाै । सरकारले बाढी प्रभावित जिल्लामा उद्वार गर्नका लागि २० वटा हेलिकप्टर तयारी अवस्थामा राखेकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित Rescue Coordination Center (RCC) मार्फत आज बिहान ६:३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका हुन्।
यसअघि बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन् ।
प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिनेछ।
सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक