पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह डिस्चार्ज
हेल्थपत्र
२०८३ भाद्र १२ शुक्रबार
काठमाडौँ, १० भदाै । पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह उपचारपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट बुधबार डिस्चार्ज भएकि छन् ।
अस्वस्थ भएपछि पूर्वबडामहारानी आइतबार नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत थिईन् ।
नर्भिक अस्पतालमा चिकित्सक तथा नर्सहरूले विशेष उपचार र स्वास्थ्य निगरानी गरेका थिए ।
स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
पूर्वबडामहारानी शाहलाई अस्पतालबाट घर लैजान पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह पनि अस्पतालमा आएका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक