प्रधानमन्त्री शाहद्वारा रसुवामा उद्धार कार्य शुरु भइसकेको जानकारी

हेल्थपत्र

२०८३ भाद्र १२ शुक्रबार
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा गएको वाढी पहिरोमा उद्धार प्रक्रिया शुरु भइसकेको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले रसुवामा बाढी पहिरोको उद्धार कार्य तीव्र पारिएको जनाएका छन् ।
रसुवा बाढी सम्बन्धमा:
1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भइसकेको छ ।
2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम शुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।
3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ गएका छन् ।
5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।
6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक