पहिलो पटक नीजि अस्पताल किष्टमा बालिकाको सफल लिभर ट्रान्सप्लान्ट

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

ललितपुर, ४ भदाै । किष्ट ट्रान्सप्लान्ट सेन्टरमा ५ वर्षीया बालिकामा सफलतापूर्वक बाल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालमा निजी अस्पतालको सेटअपमा बाल प्रत्यारोपण सेवातर्फ महत्वपूर्ण नयाँ benchmark स्थापित गरेको छ।
Wilson’s Disease का कारण गम्भीर अवस्थामा पुगेकी बालिकालाई KIST Teaching Hospital मा उपचारका लागि रेफर गरिएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल थियो। करिब एक महिनासम्म multidisciplinary care, intensive treatment र निरन्तर निगरानीमार्फत उनको स्वास्थ्य स्थिर बनाइएपछि सफल लिभर प्रत्यारोपण गरिएको थियो।
हिजाे भदौ २ गते, ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको अंश दान गर्दै आमा–छोरीबीचको living donor liver transplant सफलतापूर्वक सम्पन्न भयो।
Pediatric liver transplant अत्यन्त जटिल र चुनौतीपूर्ण प्रक्रिया मानिन्छ, जसका लागि अनुभवी transplant surgeon, hepatologist, anesthesiologist, pediatric specialist, critical care team तथा advanced infrastructure आवश्यक पर्छ। KIST Transplant Centre को multidisciplinary टोलीले यो जटिल उपचार सफलतापूर्वक सम्पन्न गर्दै transplant सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।
यस सफलतासँगै KIST Transplant Centre ले आगामी दिनमा Pediatric Centre को रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकासम्बन्धी बहुविशेषज्ञ  उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ।

यो सफलता KIST Transplant Centre का लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक