अनुमति बिना संचालन गरेको ठमेलस्थित क्लिनिक बन्द

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, ३१ साउन : नेपाल मेडिकल काउन्सिलले काठमाडौँको ठमेलमा स्वीकृत बिना संचालन गरेको ‘एसटिडी ट्रिटेमन्ट क्लिनक’लाई बन्द गराएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले स्वीकृत विना संचालन गरिएको शुक्रबारदेखि क्लिनिकलाई बन्द गरिएको जानकारी दिए ।
उनले उक्त क्लिनिकमा कार्यरत सवै स्वास्थ्यकर्मीले उपचार गर्ने लाइसेन्स समेत नभएकोले कारवाहीका लागि सिफारिस गरिएको बताए ।

उनले क्लिनिकका डिजिटल तथा मेडिकल रेकर्डहरु पनि नियन्त्रणमा लिएको जानकारी दिए ।
क्लिनिकमा एक जना चिकित्सकले म्याद समाप्त भएको लाइसेन्स प्रयोग गरेको र कार्यक्षेत्र बाहिर गई उपचार गरेको पाइएकोले स्पष्टिकरण समेत माग गरिएको बताए ।

यस्तै एक जना चिकित्सकले काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरि भ्रम सिर्जना गरेको र एक जना विदेशी चिकित्सकले शैक्षिक योग्यता र संलग्नताबारे छानविन समेत भइरहेको छ ।

क्लिनिक भित्र संचालित औषधि पसलको अनुसन्धानका लागि औषधि व्यवस्था विभागले कारवाही गर्ने उनको भनाई रहेको छ

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक