प्रसूति अस्पतालमा ‘स्वस्थ शिशु प्रतिस्पर्धा’

हेल्थपत्र

२०८३ श्रावाण ८ शुक्रबार

काठमाडौँ, ८ साउन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ।

अस्पतालले आज एक सूचना जारी गर्दै भदौ ११ गते शिशुहरुबीच को स्वस्थ छ भनेर प्रतिस्पर्धा आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन जन्मदेखि १ वर्षसम्मका बाल(बालिकाहरूका इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ।

प्रतिस्पर्धाका लागि शिशुहरूलाई उमेर समूह अनुसार तीन वर्गमा विभाजन गरिएको छ। जसअन्तर्गत जन्मदेखि ४५ दिनसम्मलाई समूह ‘ए’, ४६ दिनदेखि ६ महिनासम्मलाई समूह ‘बी’ र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशुहरूलाई समूह ‘सी’ मा राखिएको छ।

प्रतिस्पर्धामा पुरस्कृत हुने शिशुहरूलाई भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन पर्ने अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक