डा. गोविन्द केसीको आजदेखि धनगढीमा अनशन
हेल्थपत्र
धनगढी, ७ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आजदेखि धनगढीमा आमरण अनशन सुरु गरेका छन् । बुधबार धनगढी पुगेका केसीले धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका उनका सहयोगी डा.अमृत जैशीले जानकारी दिएका छन् । अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलनमार्फत आन्दोलनका उद्देश्य सार्वजनिक गरिनेछ ।
यसपटकको अनशनलाई लिएर सुदूरपश्चिममा भने बहस चुलिएको छ । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला डा.केसीले त्यससम्बन्धी ऐन र नियुक्तिमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै प्रकारका प्रतिक्रिया देखिएका छन् ।
डा।केसीले गेटा मेडिकल विश्वविद्यालयसम्बन्धी ऐन हतारमा ल्याइएको र यसले सीमित स्वार्थको सेवा गर्ने दाबी गरेका छन् । उनले नयाँ विश्वविद्यालय स्थापना गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । साथै, हाल नियुक्त पदाधिकारीहरूको राजीनामा पनि माग गरेका छन् ।
यता, सुदूरपश्चिमका केही सर्वसाधारण र सामाजिक सञ्जाल प्रयोगकर्ताले भने गेटा मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने पक्षमा धारणा राख्दै डा।केसीको आन्दोलनप्रति असहमति जनाएका छन् । फेसबुक प्रयोगकर्ता हिक्मत मल्ल, प्रेम भाट, डम्मरा थापा रावल, माधव पन्त, नृप विष्ट, हरिवोधन जोशीललगायतले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
गेटा मेडिकल विश्वविद्यालयको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस तीव्र बन्दै गएको छ । आन्दोलन सुरु भएसँगै यस’’दयगत थप राजनीतिक तथा सामाजिक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक