स्वास्थ्य बीमा बोर्डबाट २०८२ पुससम्मको दाबी भुक्तानी सम्पन्न
हेल्थपत्र
काठमाडौं ७ साउन । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न गरेको जनाएको छ।
बोर्डका अनुसार २०८२ असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै गरिसकिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनासम्म स्वीकृत दाबी रकमसमेत सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको बोर्डले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०८१/८२ अन्तर्गत २०८२ पुससम्मको स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको हो। बोर्डले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आगामी दाबीहरूको भुक्तानी पनि नियमित रूपमा अघि बढाइने जनाएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक