चिकित्सा शिक्षा आयोगका चार निर्देशक पदका लागि १२ जना सर्टलिस्ट

हेल्थपत्र

२०८३ श्रावाण ७ बिहीबार

काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा आयोगका चार महत्त्वपूर्ण निर्देशनालय तथा बोर्डका निर्देशक पदका लागि १२ जना उम्मेदवारहरूको संक्षिप्त सूची प्रकाशित भएको छ।

आयोग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका लागि खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

यसअघि गत असार २६ गते प्रकाशित दरखास्त आह्वान सम्बन्धी सूचना बमोजिम प्राप्त आवेदनहरूमध्येबाट धेरै अंक ल्याउने १२ जना उम्मेदवारहरूलाई छनोट गरिएको छ। ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ र ‘उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र उम्मेदवारले बुझाएको सोचपत्रको मूल्याङ्कनका आधारमा यो सूची तयार पारिएको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरू:

१. प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया-४, बर्दिया)

२. प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ (काठमाडौं-४, काठमाडौं)

३. प्रा.डा. दिलिप शर्मा (सूर्यविनायक-२, भक्तपुर)

४. प्रा.डा. विनोद कुमार यादव (औरही-२, महोत्तरी)

५. प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर-६, ललितपुर)

६. प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर-१, ललितपुर)

७. प्रा.डा. विष्णु प्रसाद शर्मा (ललितपुर-१५, ललितपुर)

८. प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौं-२४, काठमाडौं)

९. प्रा.डा. सञ्जय कुमार श्रेष्ठ (काठमाडौं-२८, काठमाडौं)

१०. प्रा.डा. सन्ध्या चापागाईं आचार्य (मध्यपुर ठिमी-३, भक्तपुर)

११. प्रा.डा. सुरज बज्राचार्य (काठमाडौं-१७, काठमाडौं)

१२. प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी-१, ललितपुर)

प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम

सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा हुनेछ।

पहिलो टोली (क्र.सं. १ देखि ४): बिहान ८:०० बजे

दोस्रो टोली (क्र.सं. ५ देखि ८): बिहान ११:०० बजे

तेस्रो टोली (क्र.सं. ९ देखि १२): अपराह्न २:०० बजे

उम्मेदवारहरूलाई आवेदन साथ संलग्न सक्कल कागजात, सोचपत्रको प्रस्तुतीकरणका लागि १५ मिनेट अवधिको पावरपोइन्ट प्रेजेन्टेसनको इलेक्ट्रोनिक प्रति सहित तोकिएको समयभन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक