निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा छ जना अन्तिम सूचीमा
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौं, १ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा छ जना उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले धर्मराज गोसाईँ, प्रा. डा.मोहनचन्द्र रेग्मी, डा. अजय कुमार झा, डा. सुरेश श्रेष्ठ, प्रा. डा. अनुज जङ्ग रायमाझी र प्रा. डा. जिवेन्द्र परियारको नाम सार्वजनिक गरेको छ ।
समितिले सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ।
उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आइतवार मन्त्रालयमा हुने छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक