निजामति कर्मचारी अस्पतालका औषधि अनियमितता गरेको आरोपमा फार्मेसीका ८जना कर्मचारीविरुद्ध मुद्दा
हेल्थपत्र
काठमाडौं, २४ असार । निजामती अस्पतालमा औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर,
वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, स्टोर किपर शर्मिला श्रेष्ठ, स्टोर किपर तथा फार्मेसी सहायक केशव राज न्यौपाने र स्टोर किपर तथा फार्मेसी सहायक सन्दीप तिवारीलाई मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार कर्मचारीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा औषधि भित्र्याएका थिएनन् । अस्पतालको स्टोर र भर्याङमुनि करोडौँ मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिएको, तर कम्प्युटरमा भने ती औषधिहरू स्टक देखाइएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा खरिद, बिक्री र बाँकी परिमाणको सन्तुलन परीक्षण तयार नपारिएको र लेखापरीक्षणका क्रममा कैफियत औँल्याएको थियो । यस्तै, म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएर सार्वजनिक सम्पत्तिमा हानि(नोक्सानी पुर्याएको आयोगकोभनाइ छ ।
उनीहरूले अस्पतालका कार्यकारी निर्देशकले म्याद गुज्रिएका औषधि फिर्ता गर्न दिएको जिम्मेवारी पूरा नगरी उल्टै नक्कली प्रतिवेदन तयार पारेर सरकारी सम्पत्तिको हिनामिना गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक