‘एक्सट्रीम इनर्जी ड्रिंक’ विरुद्ध बाणिज्य विभागमा उजुरी

हेल्थपत्र

२०८३ असार २४ बुधबार

योगेश पोखरेल

काठमाडौँ, २४ असार : आक्रमक प्रचारमा उत्रिएको बजार यत्रतत्र पाइने ‘एक्सट्रीम इनर्जि ड्रिंक’ विरुद्ध उजुरी परेको छ ।

देशव्यापी प्रचारमा गरिरहेको ‘ एक्सट्रीम इनर्जी ड्रिंक’ विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी परेको हो । ‘स्ट्रीम इनर्जि ड्रींक’ विरुद्ध उजुरी परेपछि विभागले बजारबाट ‘एक्सट्रीम इनर्जी ड्रिंक’ को नमूना संकलन गरेको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागसंगको सहकार्यमा ‘ एक्सट्रीम इनर्जी ड्रिंक’ को बजारबाट नमुना संकलन गरिएको गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालले जानकारी दिए ।

“‘ एक्सट्रीम इनर्जी ड्रिंक’ को गुणस्तरको सम्बन्धमा विभागमा उजुरी परेको थियो” उनले भने, “‘स्ट्रीम ड्रींकको गुणस्तरका सम्बन्धमा अध्ययन हुन्छ । करिव हप्ता दशदिनमा रिर्पोट हामीले सार्वजनिक गर्दछौ ।”

रेडबुल एनर्जि ड्रिंकको एकल बजार कब्जा भइरहेको वेला ‘ एक्सट्रीम इनर्जी ड्रिंक’ गतबर्षबाट मात्र बजारमा आएको हो ।

अहिले फ्लेक्स बोर्ड, डिजिटल बोर्ड र मिडियामा एकछत्रि करोडौ रुपियाँ खर्च गरेर ‘एक्सट्रीम इनर्जी ड्रिंक’ विज्ञापन गरिरहेको छ ।

कतै यसले विज्ञापन दिएर भ्रम छरेर गुणस्तहिन ‘ एक्सट्रीम इनर्जी ड्रिंक’ खुवाइरहेको छ भन्ने प्रश्न समेत उठेको छ ।

अहिले उपत्यका बाहिर हरेक पसलमा ‘ एक्सट्रीम इनर्जी ड्रिंक’को बोर्ड देख्न पाइन्छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक