स्वास्थ्य मन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन

हेल्थपत्र

२०८३ असार २४ बुधबार

काठमाडौं, २२ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

मन्त्री मेहताले चिकित्सालय र चिकित्सालयले आयुर्वेद वैद्यखानाको अनुगमन तथा निरीक्षण गरिन् ।

अनुगमनका क्रममा उहाँले सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री मेहताले चिकित्सालयबाट प्रदान हुँदै आएको आयुर्वेद उपचार,योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी समेत लिइन् ।

नागरिकले गुणस्तरीय, सहज र भरपर्दो आयुर्वेद सेवा पाउने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उनले आग्रह गरिन् ।

मन्त्री मेहताले सरकारी वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गरिन् ।

उनले उत्पादन क्षमता वृद्धि गरी सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग,प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

चिकित्सालयका निमित्त निर्देशक डा. राम कामेश्वर ठाकुरले चिकित्सालयले विरामीलाई सेवा पुर्याइएको बारेमा जानकारी गराए ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक