पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

हेल्थपत्र

२०८३ असार २४ बुधबार

काठमाडौँ, २१ असार : पानी पर्न थालेपछि डेङ्गी रोगको सङ्क्रमणको जोखिम बढ्ेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमणको जोखिम बढ्ने बताए ।

“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ” उनले भने, “परेको पानीमा जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेङ्गी सार्ने छन् ।”

उनले पानी पर्न शुरु गरेकोले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढेको बताए । उनले मानिसहरुलाई सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्र्तिकसम्म कायम रहन्छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक