अनावश्यक स्वास्थ्य परीक्षण गर्न दवाव नदिन स्वास्थ्य बीमा बोर्डको आग्रह

हेल्थपत्र

२०८३ असार २४ बुधबार

काठमाडौँ,  १० बैशाख : स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई दवाव नदिन आग्रह गरेको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले सेवाग्राहीले अनावश्यक स्वास्थ्य परीक्षण गर्दा बोर्डलाई वित्तिय भार बढ्दै गएकोले आवश्यक परीक्षण गर्न आग्रह गरेका छन् ।

बोर्डले बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न आग्रह गर्दै चिकित्सक तथा स्वास्थ्यकमीलाई पनि आवश्यक भन्दा बढी परीक्षण नगराउन आग्रह गरेको सूचना अधिकारीले मल्लले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रमकामे दिगोपना र प्रभावकारिता कायम राख्न सवैलाई अनुरोध गरेको छ । “विमित सेवाग्राहीले चिकित्सकलाई दवाव दिएर अनावश्यक स्वास्थ्य परीक्षण गराउने गरेको भेटियो” उनले भने, “अनि चिकित्सकलाई पनि विमित सेवाग्राहीको आवश्यक स्वास्थ्य परीक्षण गर्न पनि निर्देशन दिएका छौ । यसले गर्दा बोर्डको वित्तिय अवस्थामा सुधार हुन्छ ।”

बोर्डको बित्तिय अवस्था कमजोर भएकोले बोर्डले अहिले नीजि स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ ।

बोर्डले सवै सेवा प्रदायक स्वास्थ्य संस्थालाई विमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाई नगर्न र वीमा कार्यक्रम अन्तर्गत निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरेको उनले बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपियाँ बराबरको योगदानको आधारमा रु. एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० रुपियाँका दरले योगदान रकम थपिदै जाने र प्रति सदस्य बिस हजार रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिन्छ । वमित सङ्ख्या अहिले ५९ लाख ७० हजार ४०३ जना रहेका छन् ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक