बर्ड फ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, २० असार : काठमाडौँ उपत्यका सहित देशभर सय वटा ठाउँमा बर्ड फ्लु रोगको सङ्क्रमण फैलिएपछि सचेत रहन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बर्ड फ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित रहन सवैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ उपत्यका सहित सय ठाउँमा बर्ड फलु फैलिएपछि सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनका अनुसार सङ्क्रमित विरामी वा मरेका पन्छीसंग प्रत्यक्ष सम्पर्क नगर्न आग्रह गरिएको छ ।

यस्तै पन्छिको मासु र अण्डा राम्रोसंग पकाएर मात्र खान, मृत पन्छी देखिएमा नजिकका पशु सेवा निकायमा जानकारी गराउन आग्रह गरिएको छ । पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका सय स्थानमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

बर्ड फ्लु पन्छिमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । कहिलेकाही सङ्क्रमित पन्छीसंग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यो सङ्क्रमण सर्नसन्छ । तर व्यक्ति–व्यक्तिबीच सजिलै यो रोग सर्दैन ।

कसरी सर्छ मानिसमा

सक्रमित पन्छीलाई छुदा वा समात्दा, पन्छीको दिशा, सिगानसंग सम्पर्क हुँदा, संक्रमित पन्छी रहको स्थान सफा गर्दा र मरेको पन्छीको मासु खादा बर्ड फ्लु मानिसमा सर्न सक्दछ ।

लक्षण

ज्वरो आउनु, खोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, शरिर तथा मासपंशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी, वान्ता वा पखाला हुन सक्ने जस्ता लक्षण देखिने गर्दछन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक