मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्नका छ बुँदे निर्देशन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १९ असार : औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्नका लागि छ बुँदे निर्देशन जारी गरेको छ ।

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधी आपूर्ति श्रृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोकविकेता तथा खुद्रा विक्रेतालाई कार्यन्वयनका लागि छ बुँदे निर्देशन जारी गरेकी हुन् ।

निर्देशन अनुसार सवै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासंग लिखित सम्झौता गर्नुपर्ने छ । लिखित सम्झौता विना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै सवै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अद्यावधिक सूचि आफ्नो आधिकारिक वेवसाइटा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने छ ।

थोक विक्रेताले औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानून बमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि विक्री वितरण गर्नुपर्ने छ ।

सवै खुद्रा विक्रेताले उत्पादक वा औषधि पैठारीकर्ताद्धारा अधिकृत थोक विक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

यस्तै अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदमा प्रयोग हुने औषधिको प्याकेजि लेवलिङ्मा ‘संस्थागत आपूर्ति मात्र (इन्स्टिच्युसनल सप्लाई वन्ली)’ भनेर स्पष्ट रुपमा उल्लेख हुनुपर्दछ । यस्ता औषधि खुद्रा विक्रीका लागि प्रयोग गर्न समेत निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०८३÷८४ देखि थोक विक्रेताहरुले औषधि विक्री वितरण प्रमाणपत्र नविकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक